Sagun Khabar
सुदूरपश्चिममा शनिबार चारजनामा कोरोना पुष्टि 

बैतडी –सुदूरपश्चिम प्रदेशमा शनिबार चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 
४ सय ६२ जनामा एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा चार  जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा गरेको परिक्षणमा पोजेटिभ देखिएका मध्ये तीन जना कैलाली र एक जना कञ्चनपुर जिल्लाका रहेको जनाएको छ । यसअघि शुक्रबार पनि सात जनामा कोरोना पुष्टि भएको थियो । 
 

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १७:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update