Sagun Khabar
बैतडी : रौलेश्वर माविको विव्यस अध्यक्षमा मडै चयन 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका वडा नं ५ स्थित रौलेश्वर मावि रामकी बरायलको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा अर्जुनसिंह मडै चयन भएका छन् । 

शनिबार विद्यालयमा भएको अभिभावकहरुको भेलाले मडैलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । निवर्तमान अध्यक्ष मोहनसिंह भण्डारीको कार्यकाल सकिएपछि विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति चयन गरिएको हो । मडैको अध्यक्षतामा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरिएको विद्यालयका प्रधानाध्यापक गोपालसिंह मडैले जानकारी दिए । 

रौलेश्वर माविको चौतर्फी विकासका लागि आफूले पहल गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुनसिंह मडैले बताए । लामो समयसम्म स्वास्थ्यकर्मी भएर काम गरेका मडैले आफूमा भएको अनुभवलाई शिक्षा क्षेत्रको विकासमा लगाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । 

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १८:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update