बैतडी –राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनको बैतडी जिल्ला अध्यक्षमा मुकेशकान्त दयाल चयन भएका छन् । शनिबार पाटनमा सम्पन्न संगठनको प्रथम जिल्ला अधिवेशनले दयालको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो ।
‘जनताको स्वास्थ्य सुरक्षा, हाम्रो प्रतिबद्धता सम्पूर्ण प्रगतिशील स्वास्थ्यकर्मीको ऐक्यबद्धता’ भन्ने नाराका साथ अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनले उपाध्यक्षमा पुष्पा महर र सुमन लुहार, सचिवमा दलबहादुर बिष्ट,सहसचिवमा राजेन्द्र दयाल, कोषाध्यक्षमा लोकराज भट्टलाई सर्वसम्मत चयन गरेको अध्यक्ष दयालले बताए ।
यस्तै सदस्यमा लोकेश महरा, दिपकराम लुहार, महेन्द्र कार्की, रोहीत धानकलगायत चयन भएका निर्वाचन मण्डलका सदस्य देवसिह ठगुन्नाले बताए ।
जिल्ला भेलामा सुदूरपश्चिम प्रदेशका निर्वतमान प्रदेश सदस्य एवं माओवादी केन्द्रका जिल्ला सहइन्चार्ज प्रेमप्रकाश भट्ट (आदित्य), पाटन नगरपालिका नगर उपप्रमुख कमलसिह बोहरा (अपी) लगायतको उपस्थिती रहेको थियो ।





