बैतडी- बैतडीका ४७० घर परिवार भाडामा बसेका पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार जिल्लामा जम्मा परिवार संख्या ४९ हजार ४ सय ७ रहेको छ । त्यस मध्ये ४७० घर परिवार भाडामा बस्ने गरेको पाइएको हो । यस्तै आफनै घर भएका परिवार संख्या ४८ हजार ४ सय २८ छन । ४ सय ७० जना संग आफनै घर नभएको तथ्याँकले देखाएको छ ।
यस्तै ११५ संस्थागत र अन्य १०४ छन् । यस्तै बैतडीका दुई हजार बढी महिलाको नाममा घर र जग्गा रहेको पाइएको छ । राष्ट्रिय जनगणना–२०७८ को नतिजा अनुसार दुई हजार ५८ जना महिलामा घर र जग्गाको स्वामित्व रहेको पाइएको हो । त्यस्तै जग्गा मात्रै रहेका महिलाको सङख्या ७ सय ८४ छ भने १ सय ३७ जना महिलाको नाममा घर रहेको छ ।
यस्तै बैतडीमा घर जग्गा दुवै नाममा नभएका महिलाको संख्या ४६ हजार १ सय ५९ रहेको छ भने उल्लेख नभएका ११ सय ९० रहेका छन् । राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार बैतडीको कुल जनसंख्या २ लाख ४२ हजार १५७ रहेको छ । जसमध्ये १लाख १३हजार ८६४ पुरुष र १ लाख २८हजार २९३ महिला छन् ।





