Sagun Khabar
बैतडीको प्रसिद्ध अनिरुद्र  मन्दिरमा जात्रा सम्पन्न

बैतडी-  बैतडीको प्रसिद्ध अनिरुद्र  मन्दिरमा जात्रा सम्पन्न भएको छ । जिल्लाको सुर्नया गाउँपालिका ६ स्थित  अनिरुद्र मन्दिरमा लागेको जात्रा  सम्पन भएको हो । हरेक वर्ष चैत्र शुक्लपक्षको चतुर्थीका दिन लाग्ने जात्रा शनिबार सम्पन्न भएको  मन्दिरका  पुजारी बिनोद प्रसाद अवस्थीले बताए ।

अवस्थीहरुको कुल देवताको रुपमा समेत अनिरुद्र देवताको पूजाआजा गर्ने गरिएको छ । अनिरुद्र मन्दिरमा असोज शुक्ल चतुर्थी र अष्मटी, चैत शुक्ल चतुर्थी र अष्टमी, माघ शुक्ल चतुर्थी र भदौ शुक्ल चतुर्थीका दिन जात्रा तथा पूजाआजा हुने गरको छ । मूलखटालीमा अनिरुद्र देवताको मुख्य मन्दिर रहेको छ । सो मन्दिरमा हरेक बर्ष टाढाटाढाका दर्शनार्थीहरु पुग्ने गर्दछन् ।

यसका साथै पाटन नगरपालिका, सिगास गाउँपालिका, बझाङ, डडेल्धुरा लगायतका क्षेत्रमा पनि अनिरुद्र देवताको पूजाआजा हुने गरेको पूजारी अवस्थीले बताए । आयत्री गोत्र भएका अवस्थीहरुको बसोबास भएको ठाउँमा अनिरुद्र देवताको पूजाआजा हुने गरेको बताइएको छ । बह्रमरुपी देवता भएकाले अनिरुद्र देवताको पूजाआजा गरेमा सुख,शान्ति, समृद्धि र ऐश्वर्य प्राप्त हुने जनविश्वास रहिआएको  छ । 
 

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  ११:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update