Sagun Khabar
बैतडीमा एसईईको तयारी अन्तिम चरणमा,  ५ हजार ३ सय ५१ परीक्षार्थी

बैतडी- बैतडीमा  माध्यमिक शिक्षा परीक्षा एसईईको तयारी अन्तिम चरणमा पुगेको छ । यहि चैत १७ गते शुक्रबारबाट हुने एसईई परीक्षाको तयारी जिल्लामा अन्तिम चरणमा पुगेको  हो । बैतडीमा एसईईको  तयारी अन्तिम चरणमा  पुगेको शिक्षा विकास तथा समन्वय  इकाइ  प्रमुख नरेन्द्र  प्रशाद अवस्थीले जानकारी दिए ।

परीक्षा केन्द्र यस अघिनै निर्धाण भइसकेको र भोलि केन्द्राध्यक्ष नियुक्त गरेर अभिमुखिकरण तालिम दिइने उनले  बताए । ‘परीक्षा केन्द्र यस अघिनै  निर्धारण भएका थिए, भोलि  केन्द्राध्यक्ष नियुक्त गरेर वरिन्टेसन हुन्छ, त्यसपछि प्रशनपत्र दिएर पठाउ छौँ,’उनले भने । बैतडीबाट यस वर्ष एसईई परीक्षामा २६ सय ६२ छात्र र २६८९ छात्रा गरि पाँच हजार तीन सय ५१ जना सहभागि हुँदै छन् ।

४ हजार  ९८९ नियमित, ग्रेड वृद्धि १४४, २१८ जना  प्राविधिक धारका परीक्षार्थीहरु गरि पाँच हजार तीन सय ५१ जना  परीक्षामा सहभागि हुने शिक्षा विकास तथा समन्वय  इकाइ  प्रमुख अवस्थीले बताए । परीक्षाका लागि २५ केन्द्र तोकिएका छन् ।  जिल्ला परीक्षा समन्वय समितिको बैठकले एसइइ परीक्षा सञ्चालनका लागि २५ ओटा केन्द्र तोकेको थियो ।

 गत विगतमा ग्रेड वृद्धि र प्राविधिक धारका परीक्षार्थीका लागि अलगै केन्द्र तोकिने गरेको थियो । अन्य बर्ष ग्रेड वृद्धि र प्राविधिधारका लागि अलग केन्द्र राखिने गरेको भएपनि यो बर्ष त्यो केन्द्र हटाइएको छ । यो  वर्ष  ग्रेड वृद्धि र प्राविधिकधारका परीक्षार्थीहरुले पनि सम्बन्धित विद्यालयको केन्द्र मार्फत नै परीक्षा दिन पाउने भएका छन् 

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १६:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update