Sagun Khabar
बैतडीको नागार्जुन स्वास्थ्यचौकीमा सुरक्षित प्रसुती सेवा सुचारु 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका ११ स्थित नागार्जुन स्वास्थ्यचौकीमा सुरक्षित प्रसुती सेवा सुचारु भएको छ । जनशक्तिको अभावमा झण्डै एक बर्षदेखि बन्द रहेको सुरक्षित प्रसुती सेवा नियमित रुपमा सुचारु भएको स्वास्थ्यचौकीका प्रमुख गोपीकृष्ण भण्डारीले बताए । 

नागार्जुन स्वास्थ्यचौकीमा सुरक्षित प्रसुती सेवा बन्द हुँदा त्यहाँ नागरिकलाई समस्या भएको थियो । वडाको स्वास्थ्यचौकीमा सेवा नपाएपछि अन्यत्र जानुपर्ने बाध्यता भएको भन्दै स्थानीयहरुले समेत सेवा सुचारुका लागि दबाब दिएका थिए । 

नागार्जुन स्वास्थ्यचौकीमा केही दिन पहिला प्रमुख जिल्ला अधिकारीसहितको टोलीले अनुगमन गर्दा सुरक्षित प्रसुती सेवा बन्द रहेको पाइएको थियो । त्यसपछि दशरथचन्द नगरपालिकाले सो स्वास्थ्यचौकीमा दुईजना अनमी खटाएपछि सुरक्षित प्रसुती सेवा सुचारु भएको स्वास्थ्यचौकी प्रमुख भण्डारीले बताए । 

नागार्जुन स्वास्थ्यचौकीमा अवरुद्ध भएको सुरक्षित प्रसुती सेवा सुचारु भइसकेकाले सेवा लिन समेत स्वास्थ्यचौकीले सबैलाई आग्रह गरेको छ । 

337654616_2730551517087752_2457970566082215544_n1679969203.jpg

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  ०७:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update