Sagun Khabar
बैतडीमा भीरबाट लडेर एक युवकको मृत्यु 

बैतडी –बैतडीमा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । जिल्लाको पुर्चौंडी नगरपालिका ६ भूमीराज मुडेलीका २३ बर्षीय लोकेन्द्र साउँदको भीरबाट लडेर मृत्यु भएको स्थानीय विजय साउँदले बताए । 

सोमबार राति घर आउने क्रममा भीरबाट लडेर झण्डै ५० मिटर तल खसेका साउँदको घटनास्थलमै मृत्यु भएको बताइएको छ । मृतक साउँदको घरमा १० महिने छोरा र श्रीमति रहेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  ०९:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update