Sagun Khabar
बैतडीमा गाई मारेको अभियोगमा एकजना पक्राउ 

बैतडी –बैतडीमा गाई मारेको अभियोगमा एकजना पक्राउ परेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका ३ जड्याखालीका रमेश भुललाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

भुलले सोमबार साँझ आफ्नै घरमा पालेका ३ ओटा गाईलाई मारेको खबर प्राप्त भएपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । 

मदिरा सेवन गरेर घरमा आएका भुलले घरमै बाँधेका गाईलाई काठले टाउकोमा हानेर मारेको बुझिएको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरेर पशुपन्छि सम्बन्धी कसुरमा कारवाही हुने प्रहरी निरीक्षक जोशीले बताए । 

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गाई मारेको घटना सार्वजनिक भएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । 
 

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १२:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update