Sagun Khabar
बैतडीको ढोलेमा एनआइएमबीको शाखारहित बैंकिङ सेवा शुरु 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका वडा नं ८ ढोलेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआइएमबी)को शाखारहित बैंकिङ सेवा शुरु भएको छ । मंगलबार एक कार्यक्रमकाबीच शाखारहित बैंकिङ सेवाको उद्दघाटन गरिएको हो । 

गाउँघरमै बैंकिङ सेवा दिने उद्देश्यले ढोलेमा शाखारहित बैंकिङ सेवा शुरु गरिएको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड सतबाँझ शाखाका प्रबन्धक गोविन्द बिष्टले बताए । 

शाखारहित बैंकिङ सेवाबाट खाता खोल्न सकिने, नगद जमा गर्न सकिने, नगद झिक्न सकिने, रेमिट्यान्स लगायतका सेवाहरु प्रदान गरिने बताइएको छ । शाखारहित बैंकिङ सेवाले स्थानीय नागरिकलाई सहज हुने सुर्नया गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष भानबहादुर बोहराले बताए । 
 

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १४:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update