बैतडीको देहीमाण्डौं–गिरेगडा सडकमा पहिलो पटक बस सेवा सुचारु
बैतडी –बैतडीको देहीमाण्डौं–गिरेगडा सडकमा पहिलो पटक बस सेवा सञ्चालनमा आएको छ । महाकाली बहुउद्देश्यीय यातायात प्रालिले महेन्द्रनगरदेखि गिरेगडासम्म बस सेवा सञ्चालनमा ल्याएको हो ।
मंगलबारदेखि महेन्द्रनगरदेखि गिरेगडा सम्म बस सेवा सुचारु भएको महाकाली बहुउद्देश्यीय यातायात प्रालि सतबाँझका सम्पर्क व्यक्ति कर्णबहादुर पाण्डेले बताए । गिरेगडाका लागि महेन्द्रनगरबाट बिहान पौने ६ बजे बस छुट्ने उनले बताए ।
बिहान महेन्द्रनगरबाट गिरेगडा आएको बस भोलिपल्ट बिहान गिरेगडाबाट महेन्द्रनर फर्कने उनले बताए ।
देहीमाण्डौं –गिरेगडा सडकमा पहिलो पटक बस सेवा सञ्चालनमा आएपछि स्थानीयबासी पनि खुसी भएका छन् । अहिले सम्म सो सडकमा जिप मात्रै सञ्चालनमा रहेका थिए ।
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९ १९:४३
प्रतिक्रिया दिनुहोस्





