Sagun Khabar
नेपाल शिक्षक संघ प्रदेश समितिमा बैतडीबाट उपाध्यक्ष सहित ३ जना चयन

बैतडी- नेपाल शिक्षक संघ सुदूरपश्चिम प्रदेश समितिमा बैतडीबाट तीन जना चयन भएका  छन्  ।  यहि चैत १२ देखि १४ गते सम्म कैलालीको धनगढीमा चलेको नेपाल शिक्षक संघ सुदूरपश्चिम प्रदेश समितिको  दोस्रो अधिवेशनबाट बैतडीबाट उपाध्यक्ष सहित तीन जना चयन भएका  नेपाल शिक्षक संघ बैतडी अध्यक्ष गणेश भण्डारीले  बताए ।

 नेपाल शिक्षक संघ सुदूरपश्चिम प्रदेशको  नयाँ कार्य समितिमा बैतडीबाट उपाध्यक्षमा घनस्यामा लेखक, खुल्ला सदस्यमा कृष्ण बहादुर विष्ट र महिला सदस्यमा लक्ष्मी साह चन्द निर्विरोध सर्बसम्मत चयन भएका  उनले  बताए ।  अधिवेशनबाट कैलालीका डिल्ली राज पन्त अध्यक्षमा चयन भएका छन् भने महासचिवमा कैलाली  कै प्रेम बहादुर शाही चयन  भएका हुन् ।

यस्तै वरिष्ठ उपाध्यक्षमा कञ्चनपुरका डब्बल बहादुर  विष्ट, महिला उपाध्यक्षमा अछामकी सुनीता थापा, बिमला कुमारी कठायत चयन भएका छन् । यस्तै महासचिव महिला अर्थमा कञ्चनपुरकी पदमा भण्डारी साउँद चयन भएकी छिन् । यसैगरि उप  महासचिवमा कञ्चनपुरका विष्णुसिंह भण्डारी, उपमहासविच महिलामा बाजुराकी सरिता सापकोटा, उपमहासविच अर्थमा दार्चुलाका महेश दत्त भट्ट, उपमहासचिव समावेशीमा बझाङका बिरबहादुर गुर्धामी र डडेल्धुराका श्याम प्रशाद पाण्डेय सहित २७ जनाको कार्यसमिति चयन भएको हो । 

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १५:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update