Sagun Khabar
बैतडीमा एसईईको तयारी पूरा, ५ हजार ३५१ परीक्षार्थी सहभागी हुँदै 

बैतडी –भोलि (शुक्रबार)देखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारी बैतडीमा पूरा भएको छ । एसईई परीक्षाका लागि तोकिएका २५ ओटै केन्द्रमा केन्द्राध्यक्ष पुग्नुका साथै प्रश्नपत्र र उत्तरपुस्तिका पुगिसकेका शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले जानकारी दिए । परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको उनले बताए । बैतडीबाट यस वर्ष एसईईमा २ हजार ६ सय ६२ छात्र र २ हजार ६ सय ८९ छात्रा गरि ५ हजार ३ सय ५१ जना सहभागी हुँदैछन् । 

नियमिततर्फका ४ हजार  ९८९, ग्रेड वृद्धितर्फका  १४४ र प्राविधिक धार तर्फका  २१८ जना परीक्षार्थीहरु परीक्षमा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले बताए ।  गत विगतमा ग्रेड वृद्धि र प्राविधिक धारका परीक्षार्थीका लागि अलगै केन्द्र तोकिने गरेको भएपनि यो बर्ष सम्बन्धित विद्यालयको केन्द्रबाटै परीक्षा दिन पाउने व्यवस्था मिलाइएको छ । 

एसईईलाई निष्पक्ष, मर्यादित, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने कार्यमा सहयोग पुर्याउन सबैलाई आग्रह समेत गरिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १८:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update