बैतडी- आजबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरु भएका छन् । आज बिहान ८ बजेबाट परीक्षा शुरु भएका हुन् । बैतडीमा २५ ओटा केन्द्रबाट परीक्षा सञ्चालन भएका शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले जानकारी दिए । बैतडीबाट एसईईमा ५ हजार ३ सय ५१ जना सहभागी भएका छन् ।
नियमिततर्फका ४ हजार ९८९, ग्रेड वृद्धितर्फका १४४ र प्राविधिक धार तर्फका २१८ जना परीक्षार्थीहरु परीक्षमा सहभागी भएका शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले बताए । गत विगतमा ग्रेड वृद्धि र प्राविधिक धारका परीक्षार्थीका लागि अलगै केन्द्र तोकिने गरेको भएपनि यो वर्ष सम्बन्धित विद्यालयको केन्द्रबाटै परीक्षा भइरहेका छन् ।
परीक्षालाई मार्यादित रुपमा सम्पन्न गर्नका लागि अनुगमनको व्यवस्था मिलाइएको शिक्षा विकास तथा समन्वय इकाई बैतडीले जनाएको छ । आज पहिलो दिन अंग्रेजि विषयको परीक्षा भएको हो ।





