Sagun Khabar
बैतडीको डिलाशैनीमा चैत  २४ र २५ गते   विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने 

बैतडी- बैतडीको धामी गाउँमा  विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने भएको  छ ।  यहि चैत  २४ र २५ गते जिल्लाको डिलाशैनी गाउँपालिका ७ मा  रहेको डिलाशैनी स्वास्थ्यचौकी धामीगाउँमा  विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो ।

जिल्ला अस्पताल बैतडीको आयोजनामा ‘गाउँघरमा चिकित्सक’ कार्यक्रम  अन्तरर्गत डिलाशैनी स्वास्थ्यचौकी धामीगाउँमा   विशेषज्ञ सेवा सहितको शिविर सञ्चालन हुन लागेको  हो  । शिविरमा  हाडजोर्नि तथा नसा रोग, बाल रोग, सामान्य चिकित्सा, दाँत तथा मुख रोग सम्बन्धि विशेषज्ञ सेवा प्रदान गरिने बताइएको छ । यस्तै एमडीजिपी,इसीजी,अल्ट्रासाउण्ड भिडियो एक्सरे सेवाका साथै  निःशुल्क   औषधि तथा परामर्श दिइने जिल्ला अस्पताल बैतडीले जनाएको छ ।

जिल्ला अस्पताल बैतडीले    टाढा रहेका नागरिकलाई लक्षित गरेर ‘गाउँघरमा चिकित्सक’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसअघि  पञ्चेश्वर गाउँपालिकाको  कुलाउ स्वास्थ्यचौकी र सिगास गाउँपालिकाको  गाँजरी स्वास्थ्यचौकीमा शिविर सञ्चालन भएको थियो । दुर्गम क्षेत्रका नागरिकलाई बिशेषज्ञ सेवा दिने उद्देश्यले गाउँघरमै शिविर सञ्चालन गर्दा  ग्रामीण क्षेत्रका नागरिकलाई सहज भएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १२:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update