Sagun Khabar
बैतडीमा कार्यालय सहयोगीले वडा अध्यक्ष कुटेपछि...

बैतडी- बैतडीका एक अध्यक्ष माथि कुटपिट भएको  छ । जिल्लाको मेलौली नगरपालिका–१ का वडा अध्यक्ष शरद सिंह नेगीमाथी कुटपिट भएको हो ।

 वडाअध्यक्ष नेगीमाथी सोही वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी ४२ वर्षीय जनार्दन नेगी र उनका छोरा २३ वर्षीय पारस नेगीले कुटपिट गरेको बताइएको  छ । बिहिबार राती ९ बजेतिर  वडा नं १ कै जेरो पोइन्टमा रहेको बजारको एक पसलमा  बुवाछोराले   अध्यक्ष कुटेका हुन् । कुटपिट गर्दा सामान जोख्ने ढक प्रयोग गरेको खुलेको  छ । कुटपिटबाट  वडा अध्यक्ष नेगीका ४ वटा दाँत भाँचिएका बताइएको छ ।  ।

कुटपिट गर्ने बुवाछोरालाई नियन्त्रणमा लिएको  जिल्ला प्रहरी कार्यालय बैतडीले  जनाएको  छ ।  अध्यक्ष नेगीलाई उपचारको लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।  

वडाकै विषयमा विवाद  हुँदा    झडप  भएको र  घटनाबारे थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको  छ ।   । 

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १५:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update