Sagun Khabar
दार्चुलामा  बेवारिसे अवस्थामा  शव फेला

दार्चुला- दार्चुलामा एक पुरुषको शव फेला परेको  छ ।  जिल्लाको व्याँस गाउँपालिका–६ बडुगाउँस्थित महाकाली नदी किनारमा एक जना पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको हो ।

 बिहीबार बिहान १० बजेतिर बडुगाउँको पुलमुनि अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको  इलाका प्रहरी कार्यालय हुतीका प्रहरी नायव निरीक्षक आनसिंह भण्डारीले  बताए ।  शवको पहिचान हुन नसकेको र जिल्ला प्रहरी कार्यालय दार्चुलाको टोली घटनास्थल पुग्दै गरेको प्रनानी भण्डारीले बताए।

मृतकको पहिचान खुल्न सकेको छैन। अहिले इलाका प्रहरी कार्यालय हुती र स्थानीयबासिन्दा घटनास्थलमा छन्।

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १८:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update