Sagun Khabar
बैतडीको मेलौलीकी एक महिला बेपत्ता 

बैतडी –बैतडीको मेलौली नगरपालिका घर भएकी एक महिला बेपत्ता भएकी छन् । मेलौली नगरपालिका –१ जर्कु सैनी घर भएकी २० बर्षीया पार्वती खत्री नायक गएको तीनदिनदेखि बेपत्ता रहेकी पारिवारिक श्रोतले जनाएको छ । 

यही चैत १६ गते घरबाट एक्कासी हिँडेकी पार्वती अहिले सम्म सम्पर्कमा नआएको परिवारले जानकारी दिएको छ । रोजगारीको सिलसिलामा हाल मलेसियामा रहेका पार्वतीका श्रीमान सागरसिंह नायकले पार्वतीको खोजी गरिदिन आग्रह गरेका छन् ।  

घरमा कसैसगं झै–झगडा पनि नभएको र परिवारसंग राम्रै सम्बन्ध रहेको नायकले । शिवनाथ गाउँपालिका –४ पिपलकोट माइतीघर भएकी पार्वती माइतमा पनि नरहेको बताइएको छ ।  

पार्वतीलाई कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय वा परिवारजनलाई खबर गरिदिन आग्रह गरिएको छ । 
 

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १०:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update