बैतडी- बैतडीमा च्याउ खेती सम्बन्धि तालिम दिइएको छ । जिल्लाको दशरथचन्द नगरपालिका ४मा कृषकहरुलाई च्याउ खेती प्रविधी सम्बन्धि तालिम दिइएको हो ।
कृषि ज्ञान केन्द्रको आर्थिक सहयोग तथा दशरथचन्द नगरपालिका कृषि शाखाको प्राविधिक सहयोगमा महिलाहरुलाई तालिम दिइएको दशरथचन्द नगरपालिकाका कृषि अधिकृत दिपक कार्कीले जानकारी दिए । गतिशील घरायसी खाद्यान्न उत्पादन महिला कृषि समूहमा आयोजना गरिएको तालिममा च्याउखेती गर्ने तरिका र विधिका साथै आवश्यक सरसल्लाह प्रदान गरिएको उनले बताए ।
१७ जनाको सहभागीता रहेको तालिममा सहभागीहरुलाई च्याउको बिउ, प्लाष्टीक र पानी छर्कने हजारी पनि वितरण गरिएको छ । च्याउखेती तर्फ कृषकको अर्कषण बढेपनि आवश्यक तालिम र प्राविधिक सरसल्लाहले समस्या भइरहेका बेला यो तालिमबाट सहज हुने अपेक्षा गरिएको छ । तालिमबाट किसानहरुलाई च्याउखेती गर्न सहज हुने दशरथचन्द नगरपालिका कृषी अधिकृत कार्कीले बताए ।





