Sagun Khabar
बैतडीको सुर्नयाले ग्रामीण अल्ट्रासाउण्ड शिविर सञ्चालन गर्ने 
फाइल फोटो

बैतडी –बैतडीको सुर्नया गाउँपालिकाले गर्भवती महिलाहरुलाई लक्षित गरेर ग्रामीण अल्ट्रासाउण्ड शिविर सञ्चालन गर्ने भएको छ । गर्भावस्थामा हुन सक्ने जटीलताहरुलाई समयमै पत्ता लगाई मातृ मृत्यु तथा शिशु मृत्यु रोक्नका लागि ग्रामीण अल्ट्रासाउण्ड शिविर सञ्चालन गर्न लागिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । 

महराका अनुसार चैत २१ गते रौलेश्वर स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुनेछ भने २२ गते वडा नं ४ स्थित भौनेली स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुनेछ । यस्तै वडा नं ३ स्थित वासुलिङ्ग स्वास्थ्यचौकीमा चैत २३ गते शिविर सञ्चालन हुनेछ भने वडा नं २ स्थित वासुदेव आधारभूत स्वास्थ्य केन्द्रमा चैत २४ गते शिविर सञ्चालन हुनेछ । 

यस्तै वडा नं १ स्थित हटैराज स्वास्थ्यचौकीमा चैत २६ गते ग्रामीण अल्ट्रासाउण्ड शिविर सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख महराले जानकारी दिए । 

शिविरमा आइ सेवा लिन समेत सबैलाई आग्रह गरिएको छ । शिविर सञ्चालनका बेला आफ्नो पायक पर्ने स्वास्थ्य संस्थामा आएर चेकजाँच गर्नका लागि सुर्नया गाउँपालिकाले आग्रह गरेको हो । 

यसअघि विभिन्न स्वास्थ्य संस्थाहरुमा ग्रामीण अल्ट्रासाउण्ड शिविर सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए ।  
 

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  १३:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update