बैतडी- बैतडीको सिगास गाउँपालिकामा दन्त शिविर सञ्चालन हुने भएको छ । गाउँपालिकाको आयोजना तथा डडेल्धुरा अस्पताल डडेल्धुराको प्राविधिक सहयोगमा दन्त शिविर सञ्चालन हुने भएको हो ।
यहि चैत २२ गते देखि २८ गते सम्म पालिका भित्रका विभिन्न स्वास्थ्य चौकीमा निःशुल्क दन्त शिविर सञ्चालन हुने गाउँपालिकाका प्रवक्ता अम्मर सिंह धामिले बताए । उनका अनुसार चैत २२ गते गाँजरी स्वास्थ्य चौकीमा, २३ गते सिगास स्वास्थ्य चौकी चमडेखर्कमा, २४ गते ढुङ्गाड स्वास्थ्य चौकीमा, २५ गते थालाकाँडा स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने बताइएको छ ।
यस्तै २६ गते वडा नं ९ को चौखाम स्वास्थ्य चौकीमा, २७ गते शिवलिङ्ग स्वास्थ्य चौकीमा र २८ गते गाउँपालिकको सदरमुकाम गर्जेमा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । शिविरमा दन्त उपचार तथा परामर्श सेवा प्रदान गरिने बताइएको छ । निःशुल्क उपचार सेवा प्रदान गरिने भन्दै गाउँपालिकाले पाइक पर्ने स्थानमा गएर सेवा लिन सबै नागरिकहरुलाई आग्रह गरेको छ ।





