Sagun Khabar
बैतडीको महारुद्र बचत तथा ऋण सहकारी संस्थाले सहकारी दिवस मनायो 

बैतडी –बैतडीमा पनि सहकारी दिवस मनाइएको छ । बैतडीको दशरथचन्द नगरपालिका १ स्थित महारुद्र बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा दिवस मनाइएको हो । ‘सहकारीको दिगोपन : स्वनियमन र सुशासन’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो । 

दिवसको अवसरमा मुस्याचोर बजारमा प्रभातफेरीको समेत आयोजना गरेको थियो । सहकारीको कार्यालय डोडरचोरदेखि मुस्याचोर बजार सम्म र्यालीको आयोजना गरिएको सहकारी संस्थाका अध्यक्ष विष्णुदत्त भट्टले बताए । 

दिवसको अवसरमा चारजनालाई सम्मान समेत गरिएको छ । उत्कृष्ट ऋणीको रुपमा चार जना शेयर सदस्यलाई नगदसहित सम्मानपत्र प्रदान गरिएको अध्यक्ष भट्टले बताए । सम्मानित हुनेमा गजेन्द्र भट्ट, तारा भट्ट, जयदेव भट्ट र विष्ना भाट रहेका छन् । 

बालबचतसहित ४ सय बढी शेयर सदस्यहरुको सहकारीको शेयर पूँजी १ लाख ४६ हजार रहेको छ । यस्तै ६० लाखको हाराहारीमा ऋण लगानि गरिएको सहकारी संस्थाका व्यवस्थापक मदनसिंह भाटले बताए । 

सहकारी दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा दशरथचन्द नगरपालिका वडा नं १ का वडा अध्यक्ष विष्णुदत्त भट्ट प्रमुख अतिथी रहेका थिए । 

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १३:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update