Sagun Khabar
एक बर्षे छोरा छोडेर बैतडीको मेलौलीकी एक महिला सम्पर्क विहिन 

बैतडी –बैतडीको मेलौलीकी एक महिला सम्पर्क विहिन भएकी छन् । मेलौली नगरपालीका–१ सिराडकी लक्ष्मी पोखरेल सम्पर्क विहिन भएकी पारिवारिक श्रोतले जनाएको छ ।

सोमबार बिहानदेखि उनी सम्पर्क विहिन भएकी बताइएको छ । सोमबार बिहान ३ बजेतिर एक बर्षीय छोरा कोठामा एक्लै रुँदै गरेको भेटिएको र लक्ष्मी कोठमा नभेटिएको उनका देवर निराजन पोखरेलले बताए । भाउजु सम्पर्क विहिन भएपछि खोजीका लागि इलाका प्रहरी कार्यालय तस्सुदेही मेलौलीमा निवेदन दिएको पोखरेलले बताए । 

सम्पर्क विहिन भएकी लक्ष्मीका श्रीमान राजेन्द्र पोखरेल रोजगारीको सिलसिलामा भारतको बेंगलोरमा रहेका छन् । पोखरेलका दुई छोरा रहेको बताइएको छ । 

यसअघि चैत १६ गतेदेखि बेपत्ता भएकी मेलौली नगरपालिका –१ जर्कु सैनीकी २० बर्षीया पार्वती खत्री नायक पनि फेला परेकी छैनन् । 

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १५:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update