Sagun Khabar
बैतडी जिप दुर्घटना : हाम फालेर ज्यान जोगाएका गोपाल यसो भन्छन् 

बैतडी –बैतडीमा सोमबार बिहान ११ बजे देहीमाण्डौं –गिरेगडा सडकमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु हुनुका साथै १४ जना घाइते भएका छन् । पञ्चेश्वर ५ नेटामा जिप दुर्घटनामा परेको हो । 

गणमेश्वरबाट देहीमाण्डौंतर्फ आइरहेको से १ ज २९५ नम्बरको जिप दुर्घटना भएको हो । सोही जिपमा पञ्चेश्वर ५ का गोपालदत्त भट्ट पनि सवार रहेका थिए । 

जिप उकालोमा चढाउँदै गर्दा जिपले लोड नतानेपछि दुर्घटना भएको गोपालको भनाइ छ । जिपको पछाडि बसेका भट्ट जिप तल खस्ने क्रममै हाम फालेको बताउँछन् । उनले भने ‘उकालोमा जिपले लोड तानेन् । त्यसपछि जिप तल खस्कदै आएपछि मैले सडकमा हाम फालेर ज्यान जोगाए । जिप सडकबाट तल खसेर एकजनाको मृत्यु भयो ।’

जिपको पछाडि बसेका भट्टले जिप तल खस्कदै गरेको थाहा पाउनाले आफ्नो ज्यान जोगिएको बताए । कच्ची सडकमा क्षमता भन्दा बढी यात्रु बोकेकै कारण जिप दुर्घटना भएको उनको भनाइ छ । यसका साथै सडक स्तरोन्नती नहुँदा पनि दुर्घटनाको जोखिम बढेको उनले बताए । 

सो दुर्घटनामा अधिकांश एकै गाउँका मानिस घाइते भएका छन् भने एकजनाको मृत्यु भएको छ । उनीहरु पूजापाठ सकेर तराईतर्फ फर्कदै गरेका थिए । 
 

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १७:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update