Sagun Khabar
सुदूरपश्चिमका चार जनामा कोरोना पुष्टि 

बैतडी –सुदूरपश्चिम प्रदेशमा सोमबार चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

तीन सय ७४ जनामा एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा तीन जना र २८ जनाको पिसिआर विधिबाट गरिएको परिक्षणमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । 

कोरोना पोजेटिभ देखिएका चारै जना कैलाली जिल्लाका रहेका निर्देशनालयले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १७:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update