Sagun Khabar
सुदूरपश्चिममा थप १८ जनामा कोरोना पुष्टि 

बैतडी –सुदूरपश्चिममा आज थप १८ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लामा एन्टीजेन र पिसीआर विधिबाट गरिएको परीक्षणमा थप १८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । 

एन्टीजेन विधिबाट ६७७ जनाको कोरोना परीक्षण गर्दा १० जना र पीसीआर विधिबाट १७ जनाको कोरोना परीक्षण गर्दा ८ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । पछिल्लो समयमा प्रदेशका विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएकाले स्वास्थ्यका मापदण्ड अपनाउनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । 

सुदूरपश्चिममा अहिले सम्म ६ लाख ४७ हजार ३ सय ९७ जनाको कोरोना परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये अहिले सम्म ६१ हजार ९७३ जनामा कोरोना पुष्टि भइसकेको छ । कोरोना पुष्टि भएका मध्ये प्रदेशभरी ६३५ जनाको मृत्यु भइसकेको छ भने अन्यले कोरोना जितेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  १७:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update