Sagun Khabar
डोटीमा एक गर्भवती महिला मृत फेला 
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी –डोटीमा एक गर्भवती महिला मृत फेला परेकी छिन् । मंगलबार जिल्लाको जोरायल गाउँपालिका १ तुसे बस्ने २१ वर्षकी अनिता मल्ल मृत फेला परेकी हुन् ।

बिहान नजिकैको जंगलमा स्याउला ल्याउन गएकी उनी घर नफर्कीएपछि परिवारले खोजी कार्य गरेको थियो । खोज्ने क्रममा उनी घरदेखि करिब २ किलोमीटर टाढा भिरबाट लडेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

उनको शव परीक्षणका लागि  डडेल्धुरा अस्पताल  पठाइएको इलाका प्रहरी कार्यलय बिपीनगरका प्रहरी निरीक्षक लोकेन्द्र गुरुले जानकारी दिएका छन् । 
 

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update