Sagun Khabar
डोटीका तीन जना किसानलाई ‘भीमदत्त उत्कृष्ट कृषक’ पुरस्कार 
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी –डोटीका तीन जना किसान भीमदत्त उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत भएका छन् । सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालय दिपायल, राजपुर डोटीले जिल्लाको जोरायल गाउँपालिका–३ की आकृति कठायत जोशी, केआईसिंह गाउँपालिका–६ का हरीलाल जैसी र शिखर नगरपालिका–११ का कर्णबहादुर बलायरलाई भीमदत्त उत्कृष्ट पुरस्कारबाट पुरस्कृत गरेको हो । 

आर्थिक वर्ष २०७९÷८० मा निवेदन दर्ता गर्ने आठ जनामध्ये तीन जना कृषकलाई उत्कृष्ट कृषक छनोट गरिएको निर्देशनालयले जनाएको छ । किसानहरुलाई जनही २५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालय दिपायल, राजपुरका प्रमुख तथा निर्देशक यज्ञराज जोशीले बताए । 

पुरस्कृत भएका किसानहरुले जिल्लाका अन्य कृषकलाई पनि बाँझो जमिनलाई खेती योग्य बनाउन आग्रह गरेका छन् । 
कृषि निर्देशनालयले प्रदेशका ९ ओटै जिल्लाका उत्कृष्ट किसानहरुलाई प्रत्येक जिल्लाबाट छनौट गरेर भीमदत्त उत्कृष्ट कृषक पुरस्कार प्रदान गरेको छ । 
 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update