Sagun Khabar
बस्तीबाट आएका योजनालाई प्राथमिकता दिन्छौं : मुख्यमन्त्री शाह 

डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिधिवत रूपमा बस्तीस्तरबाट आएका योजनालाई बजेट समावेश गरिने बताएका छन् ।

नेपाल प्रेस युनियन डोटी शाखाले आइतबार दिपायलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहले खल्तीबाट योजना समावेश गर्ने परिपाटीको अन्त्य गर्ने दाबी गरे । उनले भने ‘स्थानीय तहबाट सिफारिश भएर आएका योजनाहरुलाई हामीले प्राथमिकता दिनेछौं । विगतको जस्तो पहुँचका आधारमा योजना समावेश हुने छैन् ।’

स्वास्थ्य सन्देश
Atrya hospital

प्रक्रियागत रुपमा आएका योजनाहरुलाई मात्रै बजेटमा समावेश गरिने मुख्यमन्त्री शाहले बताए । सुदूरपश्चिमका गौरवका योजनाहरुलाई अगाडि बढाउन प्रदेश सरकार र प्रमुख प्रतिपक्षी दल मिलेर जाने समेत उनले बताए । केही दिन अघिमात्रै प्रदेश गौरवका योजनाका बिषयमा प्रतिपक्षी दलसहित आफूहरुले प्रधानमन्त्री, अर्थमन्त्री र योजना आयोगका उपाध्यक्षलाई भेटेको उनले बताए ।  

प्रदेश सरकारले कृषि र पर्यटनलाई विशेष जोड दिएको बताउँदै मुख्यमन्त्री शाहले उत्पादन र बजारीकरणका बिषयमा सरकार गम्भीर रहेको बताए । 

नेपाल प्रेस युनियन डोटी शाखाका अध्यक्ष प्रकाश बमको अध्यक्षतामा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । 
 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  ०८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update