Sagun Khabar
डोटीमा घोडादौड प्रतियोगिता,जम्मै पुरस्कार बझाङले जित्यो
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी- डोटीमा आयोजित घोडादौड प्रतियोगिताको सबै पुरस्कार बझाङले जितेको छ । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय पुरस्कार बझाङले नै जितेको हो ।

जसमा बझाङका अजय रावल प्रथम, बझाङकै पदमराज पाध्य द्वितीय र जीवन शाही तृतीय भएका छन् । उनीहरुले क्रमशः ३० हजार, २० हजार र १० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।खप्तड राष्ट्रिय निकुञ्जमा लाग्ने गंगादशहरा मेलाको अवसरमा आयोजित प्रतियोगितामा विभिन्न जिल्लाका १२ जना प्रतियोगी सहभागी थिए ।

सुदूरपश्चिम खेलकुद परिषद् कैलाली र उद्योग वाणिज्य संघ डोटीको संयुक्त आयोजना र नेपाली सेनाको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन गरिएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update