Sagun Khabar
डोटीमा आगलागी हुँदा साढे दुई लाखको क्षति 
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी –डोटीमा आगलागी हुँदा झण्डै साढे दुई लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

जिल्लाको बोग्टानफुड्सिल गाउँपालिका–१ मडाका अम्मर बोहराको घरमा आगलागी हुँदा उक्त क्षति भएको हो । बोहराकै बच्चाहरुले आगो खेल्ने क्रममा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट घरमा आंशिक क्षति पुगेको छ ।

आगलागीबाट घरको काठ, खाद्यान्न, लत्ताकपडा, नगद एक लाख ५० हजार, जस्तापाता, एक थान मोवाईल लगायत गरी  दुई लाख चार हजार ८ सय बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update