Sagun Khabar
खप्तडलाई अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्र बनाउँछौं : प्रधानमन्त्री प्रचण्ड 

डोटी –प्रधानमन्त्री पुष्पकमल दाहालले खप्तड विकास कोष वा प्रतिष्ठान बनाउने विषयमा आफू अगाडि बढ्ने बताएका छन् ।

मंगलबार खप्तडमा तीन दिने प्रथम आध्यात्मिक तथा पर्यटकीय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले त्यस्तो बताएका हुन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

खप्तड आर्थिक विकासको केन्द्र र पर्यटन विकासको केन्द्र बन्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले  खप्तड क्षेत्रलाई पर्यटनमैत्री आध्यात्मिक केन्द्रको रुपमा विकास गरिने बताए । 

योगगुरु रामदेव र आचार्य बालकृष्ण आध्यात्मिक केन्द्र निर्माणका लागि लगानी गर्न पनि इच्छुक रहेको प्रधानमन्त्रीले बताएका थिए ।प्रधानमन्त्री प्रचण्डले आफू सुदूरपश्चिम प्रदेशको विकासको लागि प्रतिवद्ध रहेको बताएका छन् ।

सम्मेलनमा योगगुरु रामदेव, आचार्य बालकृष्ण, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, प्रदेश प्रमुख देवराज जोशी, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउदलगायतको उपस्थिति थियो ।

प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको प्रधानमन्त्रीले आज उद्घाटन गरेका हुन् । प्रधानमन्त्रीभन्दा पहिले बोल्दै योगगुरु बाबा रामदेवले आफू खप्तडको विकास र प्रचार तथा प्रवद्र्धनको लागि ब्राण्ड एमबेस्डर बन्न इच्छुक रहेको बताएका छन् । उनले आफू कुनै पनि पैसा नलिई खप्तडको ब्रान्ड एम्बेस्डर बन्ने पनि बताए ।

बाबा रामदेव पश्चिमी सीमा नाका गड्डाचौकी भएर धनगढीबाट हेलिकप्टरमा खप्तड पुगेका थिए ।

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update