Sagun Khabar
बैतडीका  अमृत धनगढीमा  बेपत्ता 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- बैतडीका एक किशोर पाँच दिन देखि बेपत्ता भएका छन् । जिल्लाको  सुर्नया ५ घर भएका १५ वर्षिय अमृत विष्ट कैललीको धनगढी उपमहानगरपालिका वडा नम्बर–१ शिवनगरबाट  बेपत्ता भएका हुन्।

 परिवारका अनुसार सोमवार दिउँसोबाट अमृत बेपत्ता छन् । धनगढीको चैतन्य पाठशालामा कक्षा ९ मा अध्यानरत   विष्ट काकासँग शिवनगरमा बस्दै आएका थिए ।

खोजबिनका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको आफन्तले बताएका छन्। विष्टलाई फेला पार्नेहरूलाई नजिकको प्रहरीमा बुझाउन वा ९८४८७०१२७४ मा सम्पर्क गर्न आफन्तले आग्रह गरेका छन्।

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update