Sagun Khabar
शाेक प्रस्ताव पारित गर्दै सकियाे प्रतिनिधि सभा बैठक

काठमाण्डौ, ३ चैत 

प्रतिनिधि सभाको मङ्गलवारकाे बैैठकले तत्कालीन संविधान सभा सदस्य दिनेशचन्द्र यादवकाे निधनमा शोक प्रस्ताव पारित गर्दै सकिएकाे छ । सभामुख अग्निप्रसाद सापकोटाले पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री यादवकाे निधनमा प्रस्तुत गर्नुभएको शोक प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो । 

बैठकमा यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै  एक मिनेट मौनधारण गरिएको थियो । उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ ।

Atrya hospital

उहाँ विसं २०७० को संविधान सभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुहुन्थ्यो । यादवको ७५ वर्षकाे उमेरमा गएकाे माघ १ गते निधन भएको थियो । 

प्रतिनिधि सभाको अर्को बैठक यही चैत ६ गते दिउँसाे १ बजे बस्नेछ । 

प्रतिनिधि सभाको मङ्गलवारकाे बैठकले सभामुखका अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको नाम पनि मनोनयन गरेको छ ।

सभामुखका अनुपस्थितिमा डा. डिला सङ्ग्रौला, मानबहादुर विक, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डेयको नाम प्रतिनिधि सभा नियमावली २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्य मनोनयन गरिएको हो । 

प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update