Sagun Khabar
पानीमा डुबेर १० बर्षीय बालकको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी –डोटीमा १० वर्षीय बालकको पानीमा डुबेर मृत्यु भएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ गैरागाउँ टोलका अम्मर मलासीका १० वर्षीय छोरा दिपेश मलासीको पानीमा डुबेर मृत्यु भएको हो । 

घरबाट निस्की हराइरहेका दिपेशको खोजी गर्ने क्रममा निर्माणाधिन अवस्थामा रहेको सरुवा रोग नियन्त्रण अस्पतालको पानी जम्मा गर्ने ट्याङकीमा डुबेर उनी मृत फेला परेका  जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

घटनाका बिषयमा  प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update