Sagun Khabar
डोटीमा जिससको गाडी दुर्घटना, एक जनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी –डोटीमा जिल्ला समन्वय समितिको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
बुधबार साँझ आर्दश गाउँपालिका–२ का मौवामा बा १ ज ९४३९नम्बरको गाडी दुर्घटना हुँदा सोही ठाउँ बस्ने ६५ वर्षीया हिरा खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

गाडीमा सवार आर्दश–५ बस्ने ३५ वर्षीय रवीन्द्र सुनार, वडानम्बर २ बस्ने  ३० वर्षीय टेकबहादुर तिरूवा र चालक  वीरबहादुर खड्का घाइते छन् ।

उनीहरू जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । गाडी सडकबाट करिब ५ मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  ०७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update