Sagun Khabar
बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको  मृत्यु 

बैतडी- बैतडीमा ट्याक्टर  दुर्घटना भएको  छ ।  जिल्लाको  दशरथचन्द नगरपालिका ६ सनकट्यामा ट्याक्टर  दुर्घटना भएको  हो ।

ट्याक्टर  दुर्घटना हुँदा चालकको  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय  बैतडीले जनाएको  छ । चालक सुरेन चौधरीको  मृत्यु भएको बताइएको  छ ।  चालक कैलाली घरभएका जानकारीमा आएको र पुरै ठेगना नखुलेको  प्रहरी प्रवक्ता लोक राज जोशीले  बताए । 

सोमबार  अप्रान्न दशरथचन्द नगरपालिका  वडा नं  २ बाट निर्माण सामग्री बोकेर वडा नं  ६ तर्फ  जाँदै  गरेको सुप,प्र- ०१००-२ त ६३८९ नम्बरको ट्याक्टर  साढे ६ बजेतिर   दुर्घटनामा परेको   प्रहरीले  जनाएको  छ । दुर्घटनाको  कारण खुलेको छैन ।  घटनाबारे प्रहरीले  थप अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update