बैतडी - बैतडीका एक किशोर बेपत्ता भएका छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिका कुलाउ बस्ने अर्जुन मङ्गोलाका १५ वर्षिय छोरा निरज ममङ्गोला धनगढीबाट बेपत्ता भएका हुन् । उनि चार दिन देखि सम्पर्क विहिन छन् ।
धनगढी त्रिनगर फुपुको घर देखि कञ्चनपुरको पुर्नवास भिमबस्ति मामाको घर जाँदै गरेका निरज असार ३० गते बाटोबाटै बेपत्ता भएका आफन्त इश्वरी साउदले जानकारी दिइन् ।
दिउंसोबाट सम्पर्क विहिन निरज अहिले सम्म सम्पर्कमा नआएका उनले बताइन् । निरज हराए पछि प्रहरीलाई पनि खबर गरेका उनको भनाई छ ।
कुलाउ घर भएका निरज कञ्चनपुर मामाको घरमा बसेर पढाइ गरिरहेका थिए । उनी कक्षा ९ मा अध्यानरत थिए । उचाई अन्दाजी ४ फिट ३ इन्च, गहुगोरो वर्ण भएको निरजलाई भेटे नजिकको प्रहरी तथा ९८६८ ७८४५८४ नम्बरमा जानकारी गराइदिन आफ्नतले अनुरोध गरेका छन्।





