Sagun Khabar
बैतडीका एक युवक मलेसियामा  मृत फेला  

बैतडी- बैतडीका एक युवक मलेसियामा मृत फेला परेका छन् । जिल्लाको शिवनाथ गाउँपालिका वडा नं ४ स्वलपला बगारका ३० वर्षिय लोकेन्द्र सिंह महता सोमबार मलेसियामा मृत फेला परेका हुन् ।

स्रोतका  अनुसार उनि सोमबार राती बाथरुममा मृत अवस्थामा भेटिएका हुन् । बस्ने कोठाको बाथरुममा  उनि मृत अवस्थामा भेटिएको खबर मिलेको शिवनाथ स्वलपाला बस्ने आफन्त महेश सिंह महताले बताए । मृत भेटिएको खबर मिलेको भन्दै उनले मृत्युको कारण  बारे जानकारी प्राप्त नभएको  बताए ।

महता ७ वर्ष पहिले रोजगारिको सिलसिलामा मेलेसिया गएका बताइएको छ। वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका  महताका घरमा श्रीमती एक छोरा र एक छोरी रहेका छन् । 

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update