Sagun Khabar
डोटीमा १ अर्ब बढी बजेट फ्रिज

डोटी-  डोटीमा गत आर्थिक वर्षमा १ अर्ब ३ करोड ५७ लाख ६९ हजार ७ सय ४१ रकम फ्रिज गएको छ। जिल्लाको चालु र पुँजीगत गरी जम्मा १० अर्ब २ करोड ५ लाख ९९ हजार २ सय २ रकम मध्य ९ अर्ब ९८ करोड ४८ लाख २९ हजार ४ सय ६० रकम खर्च भएको छ।

तर, १ अर्ब ३ करोड ५७ लाख ६९ हजार ७ सय ४१ रुपैयाँ खर्च हुन नसकी फ्रिज गएको कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीका प्रमुख कृष्ण बहादुर धामीले बताए।कुल रकममा चालु भन्दा पुँजीगत रकम कम खर्च भएको देखिएको छ।

स्वास्थ्य सन्देश
Atrya hospital

चालुतर्फ कुल ७ अर्ब ९ करोड ९७ लाख ६३ हजार २ सय २ रकम मध्ये ६ अर्ब ७० करोड ४७ लाख ६३ हजार ७ सय ९० रकम खर्च भएको छ। भने, पुँजीगततर्फ कुल २ अर्ब ९२ करोड ८ लाख ३६ हजार रकम मध्ये २ अर्ब २८ करोड ६५ हजार ६ सय ७० रकम मात्र खर्च हुन सकेको समेत कार्यालयले जनाएको छ।

९ स्थानीय तह रहेको डोटीमा सायल गाउँपालिकाकाको सबै भन्दा बढी रकम फ्रिज गएको कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीका प्रमुख कृष्ण बहादुर धामीले बताए।आर्थिक वर्ष ०७९÷०८० मा सायल गाउँपालिकामा चालु र पुँजीगतमा भएको निकासा मध्य ४ करोड ९ लाख ४१ हजार रकम खर्च हुन नसकी फ्रिज गएको कोष तथा लेखा नियन्त्रक कार्यालय डोटीले जनाएको छ।

यस्तै सबैभन्दा कम केआई सिंह गाउँपालिकाको रकम फ्रिज गएको छ। चालु र पुँजीगत गरी कुल बजेटको १ करोड ८० लाख ६२ हजार ७९ रकम खर्च गर्न नसकी फ्रिज गएको कार्यालयले जनाएको छ। 
 

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update