बैतडी –बैतडीको डिलाशैनी गाउँपालिका—६ स्थित गोकुलेश्वर कृषि तथा पशुविज्ञान क्याम्पस सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस बनेको छ ।
मङ्गलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सिनेट बैठकले गोकुलेश्वर कृषि क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक बनाउने निर्णय गरेको हो ।
क्याम्पसलाई आंगिक बनाउने निर्णय भएपछि अब सो क्याम्पस सरकारी क्याम्पसको रुपमा सञ्चालन हुनेछ । गोकुलेश्वर तथा पशु विज्ञान कलेज सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक भएको भन्दै नेपाली कांग्रेस डिलाशैनी गाउँ कार्यसमितिले आङ्गिक बनाउन सहयोग गर्ने सबैप्रति आभार ब्यक्त गरेको छ ।
नेपाली कांग्रेस डिलाशैनीका सभापति जयानन्द जोशीले एक विज्ञप्ती जारी गर्दै क्याम्पसलाई आंगिक बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद समेत ज्ञापन गरेको छ ।
गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनाउनुपर्ने माग गर्दै केही महिना पहिला प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई ज्ञापन पत्र समेत बुझाइएको थियो ।





