Sagun Khabar
शहीद भिमदत्त पन्त स्मृति दिवस बैतडीमा पनि मनाइयो 

बैतडी – शहीद भिमदत्त पन्तको ७० औं स्मृति दिवस बैतडीमा पनि मनाइएको छ । जिल्लास्थित भूमीमा महिला बचत तथा ऋण सहकारी संस्था, नेपाल उत्पीडित जातीय मुक्ति समाज र दलित समाज विकास मञ्च लगायतका संघ–संगठनहरुले दिवस मनाएका हुन् । 

दिवसको अवसरमा सहिद पन्तको फोटोमा माल्यार्पण गर्दै अन्तरक्रिया गरिएको हो । किसानका लागि सहिद पन्तले गरेको संघर्षको स्मरण गर्दै दिवस मनाइएको हो ।

डडेल्धुरामा वि.स.१९८३ मंसीर १०मा जन्मीएका किसान नेता पन्तको वि.स.२०१० साउन १७ गते हत्या गरि बाँसको टुप्पोमा टुडिखेलमा टाउको झुण्ड्याइएको थियो । 

भिमदत्त स्मृति दिवसमा विभिन्न संघ संगठनमा आवद्ध व्यक्तिहरुको सहभागिता रहेको मुक्ति समाज बैतडीका इन्चार्ज बलभद्र दयालले बताए ।

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १८:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update