कानुन मन्त्री भट्टले गरे पदभार ग्रहण
बैतडी –सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले पदभार ग्रहण गरेका छन् । बिहीबार मन्त्रालय पुगेर मन्त्री भट्टले पदभार ग्रहण गरेका हुन् ।
बुधबार मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीपरिषद् विस्तारको क्रममा भट्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त गरेका थिए ।
पदभार ग्रहण गर्दै मन्त्री भट्टले मन्त्रालयको कामलाई चुस्तदुरुस्त बनाउन कर्मचारीहरुलाई निर्देशन दिएका छन् । मन्त्रालय आयोजित पदभार ग्रहण कार्यक्रमपछि उनले कर्मचारीहरुलाई दत्तचित्त भएर काम गर्न आग्रह गरेको नेपाली कांग्रेसका नेता चक्रप्रसाद शर्माले बताए ।
यसअघि बुधबार नै मन्त्री भट्ट पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, साउन १८, २०८० १४:४९
प्रतिक्रिया दिनुहोस्




