Sagun Khabar
दार्चुला आउँदै गरेको बस र बैतडीको खोड्पेबाट डडेल्धुरा गइरहेको जिप एक आपसमा ठोक्किए

बैतडी- डडेल्धुरामा बस र जिप एक आपसमा ठोक्किएका छन। जिल्लाको पोखरा बजार नजिकै बस र जिप आपसमा ठोकिएका हुन्।

प्रहरीका अनुसार महेन्द्रनगरबाट दार्चुला आउँदै गरेको  ना ८ ख २३५७ नम्बरको बस र बैतडीको खोड्पेबाट डडेल्धुरा गइरहेको म १ ज ११४ नम्बरको जिप डडेल्धुराको पोखरा बजार नजिकै एक आपसमा ठोक्किएर बिहिवार दुर्घटना भएको हो।

दुर्घटनामा मानवीय क्षति भएको छैन। बसको अगाडिको भागमा क्षति पुगेको बताइएको  छ । 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update