Sagun Khabar
सुर्नयामा हरेक महिनाको अन्तिम शुक्रबार सरसफाइ अभियान सञ्चालन हुने 

बैतडी –बैतडीको सुर्नया गाउँपालिकाभित्रका प्रत्येक सरकारी तथा सार्वजनिक स्थानमा हरेक महिनाको अन्तिम शुक्रबार सरसफाइ कार्यक्रम सञ्चालन हुने भएको छ । 

गाउँपालिकाले प्रत्येक वडा कार्यालय,स्वास्थ्य संस्था, विद्यालयहरु, बजार व्यवस्थापन समिति र सरकारी तथा गैर सरकारी निकायहरुलाई पत्र लेख्दै हरेक महिनाको अन्तिम शुक्रबार सबैको सहभागितामा फोहर व्यवस्थापन तथा सरसफाइ अभियान सञ्चालन गर्न भनेको छ । 

जनप्रतिनिधि, कर्मचारी र अन्य सरोकारवाला सबैको सहभागितामा फोहर व्यवस्थापन र सरसफाइ अभियान सञ्चालन गर्न आग्रह गरिएको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए । 

नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनमा भएको व्यवस्था अनुसार पालिका क्षेत्रभित्र आधारभूत सरसफाइ, वातावरण संरक्षण र फोहरमैला व्यवस्थापन स्थानीय सरकारको दायित्वभित्र पर्ने भएकाले फोहरमैला व्यवस्थापन तथा सरसफाइ अभियान सञ्चालन गर्न आग्रह गरिएको हो । 

Surnya1691063460.jpg

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update