Sagun Khabar
बैतडीमा भिरपाखा कालबन्दै, ३ वर्षको अवधिमा ३२ जनाको मृत्यु

बैतडी- बैतडीमा ३ वर्षको अवधिमा भिरबाट लडेर ३२ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार ३ वर्षको अवधिमा ३२ जनाको भिरबाट लडेर ज्यान गएको हो ।

३ वर्षको अवधिमा बैतडीमा भिरबाट लडेर ३२ जनाले ज्यान गुमाएका जिल्ला प्रहरी कार्यालय  बैतडीका प्रहरी प्रक्ता प्रहरी निरीक्षक  लोक राज जोशीले  जानकारी दिए । विभिन्न सयममा भिरबाट  लडेर ३ वर्षको अवधिमा १५ जना पुरुष, १४ महिला, २ जना बालिका र १ बालकको  भिरबाट लडेर ज्यान गएको उनले  बताए ।

 प्रहरीका अनुसार  भिरबाट लडेर आर्थिक वर्ष २०७७÷७८ मा ३ महिला, २ पुरुष,७८÷७९मा ३ महिला ४ पुरुष, १ बालिकाको ज्यान गएको  छ । यस्तै गर्त  आर्थिक वर्ष  २०७९÷८०मा जिल्लामा ९ पुरुष ८ महिला, १ बालक र १ बालिकाको भिरबाट लडेर  ज्यान गएको  प्रहरीको  तथ्याङ्कमा उल्लेख गरिएको छ ।

 यहाँका  अधिकाँस महिलाहरु गाइवस्तुका लागि घाँस र खर  काट्न भिरभएका खरफागला जाने गरेका कारण  लडेर ज्यान गुमाउने  गरेका छन् । यस्तै कतिपय ठाउँम  साँघुरा बाटाहरुमा  आवातजावत गर्दा  नागरिकहरुले अकालमै  ज्यान गुमाउनु पर्ने बाध्यता रहेको  छ ।  

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  ०९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update