पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग सुचारु
बैतडी –पहिरो कारण अवरुद्ध भएको जयपृथ्वी राजमार्ग सुचारु भएको छ । राजमार्ग अन्तर्गत बैतडीको ढोल्यामोडमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । सडकमा खसेको पहिरो पन्छ्याएपछि शुक्रबार दिउँसोदेखि राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।
जयपृथ्वी राजमार्ग सुचारु भएपछि बझाङबाट अन्य जिल्लाका लागि छुटेका सवारी साधन र बझाङका लागि छुटेका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।
बर्षातको समयमा पहिरोका कारण जयपृथ्वी राजमार्ग बेलाबेलामा अवरुद्ध हुने गरेको छ । सडक स्तरोन्नतीका लागि ठाउँठाउँमा मोड काटिएकाले पहिरोको जोखिम बढ्दै गएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८० १३:०३
प्रतिक्रिया दिनुहोस्




