Sagun Khabar
बैतडीमा जिप दुर्घटना 

बैतडी –बैतडीमा जिप दुर्घटना भएको छ । धनगढीबाट दार्चुलाको गोकुलेश्वरतर्फ गइरहेको सु.प.प्र.०१००१ ज १३७९ नम्बरको जिप महाकाली राजमार्ग अन्तर्गत बैतडीको सुर्नया गाउँपालिका २ सिन्केलेकमा दुर्घटनामा परेको हो । 

सडकबाट जिपको एक टायरमात्रै लिक बाहिर गएकाले ठूलो दुर्घटना हुनबाट जोगिएको अस्थायी प्रहरी पोष्ट सतबाँझका प्रहरी सहायक निरीक्षक कृष्णदत्त जोशीले बताए । शनिबार बिहान ५ बजेतिर जिप दुर्घटनामा परेको हो । 

जिपमा चालकसहित चार जना सवार रहेका थिए । उनीहरु सबै सकुशल रहेका छन् । जिप चालक धनबहादुर बोहरा भने फरार रहेका प्रहरीले जनाएको छ । 

दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको प्रहरीले बताएको छ । 
 

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  ०७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update