Sagun Khabar
हानिकारक प्रथा प्रचलन हटाउन बैतडीमा प्रहरीको सचेतना अभियान

बैतडी- समाजमा रहेका विभिन्न हानिकारक प्रथा प्रचलन हटाउन बैतडी प्रहरीले सचेतना फैलाउन थालेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कार्यक्रम सञ्चालन गरेर समाजमा सचेतना फैलाउन थालेको  हो । 

        अपराध कम गर्न बैतडी प्रहरीले जिल्लाका विभिन्न विद्यालयमा पुगेर सचेतना फैलाउन थालेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकोे छ ।  समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाका सबै प्रहरीचौकीबाट टोली खटेर विगत देखि सचेतना कक्षा सञ्चालन भइरहेका जिल्ला प्रहरी कार्यालय  बैतडीका  प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोक राज जोशीले  जानकारी दिए ।

प्रत्येक वर्ष  अभियान सञ्चालन हुने  गरेकोमा यो आर्थिक वर्षमा पनि सचेतना अभियान सञ्चालन गरिएको  उनले बताए । 
लैङगिक हिंसा,आत्महत्या न्यूनीकरण र बालविवाह÷बहुविवाह रोकथाम सम्बन्धि विद्यार्थीहरुलाई प्रशिक्षण तथा जनचेतनामूलक  कार्यक्रम संचालन भैरहेका प्रहरी प्रवक्ता  जोशीले बताए  । विद्यालयमा सञ्चालन हुने कक्षामा लैङगिक हिंसा,आत्महत्या न्यूनीकरण, बालविवाह÷बहुविवाह रोकथाम सम्बन्धि छलफल हुने गरेको उनले  बताए ।

विद्यालयमै पुगेर सचेतना कक्षा सञ्चालन गर्दा विद्यार्थीहरु मार्फत समाजमा हुने आपराधिक गतिवधि न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको प्रहरी निरीक्षक जोशीले  बताए । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बिहीवार प्रहरीचौकी हल्दुविनायक, र कुस्मौतघाट बैतडीले आ–आफ्नो वडा एरियामा रहेका विद्यालयहरुमा प्रहरी टोली खटाएर लैङगिक हिंसा,आत्महत्या न्युनिकरण र बाविवाह÷बुविवाह रोकथाम सम्बन्धि प्रशिक्षण तथा जनचेतनामुलक कार्यक्रम  गरेको बताइएको  छ ।

यस्तै शक्रबार प्रहरीचौकी धर्मघाट र  रोडिदेवलले विद्यालयमा प्रशिक्षण तथा जनचेतनामुलक कार्यक्रम गरेको हो। विद्यालय स्तरमा गरिने यस्ता सचेतनामूलक कार्यक्रमले अपराध न्यूनीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको  छ । 

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update