बैतडी- बैतडीको कौसाडी वस्तीमा खानेपानीको चरम समस्या भएको छ । जिल्लाको सिगास गाउँपालिका वडा नं ६ को कौसाडी वस्तीमा विगत लामोसमय देखि खानेपाीको चरम अभाव भएको हो ।
१२ परिवार बस्ने यो वस्तीमा पानी अभावले नागरिकहरु परिसान भएका छन् । आफुहरुलाई खानेपानीको धेरै समस्या भएको स्थानीय भीम नेपालीले बताए । खानेपानीको साह्रै समस्या भएको उनले दुखेसो पोखेका छन् । पानी अभावका कारण आकाशे पानीको भर पर्नुे पर्ने बाध्यता रहेको उनले बताए ।
करिब एक घण्टाको दुरीमा न्वालो भएपनि पर्याप्त पानी नभएकाले आफुहरुलाई धेरै समस्या हुने गरेको स्थानीयहरुको भनाई छ । आफुहरुका समस्या कसैले नसुनेका भन्दै त्यहाँका नागरिकहरु आक्रोसित भएका छन् । चुनावका बेला ठुलठुला आश्वासन बाँडिएपनि अहिले गरिबका पिडा कसैले नसुनेका स्थानीयहरुको भनाइ छ ।
यता गाउँपालिका अध्यक्ष हरिश सिंह धामीले कौसाडी वस्तीमा खानेपानी पुर्यान पहल गरिने बताए । पानीका मुहान रहेको भन्दै उनले सो वस्तीमा पानीको आपूर्तीका लागि आवश्यक सहयोग गरिने बताए । वडा नं ६ का वडा अध्यक्ष तेज बहादुर साउँदले पनि खानेपानीको समस्या समाधानका लागि पहल गरिने बताएका छन् ।
वस्तीमा खानेपानीको चरम समस्या भएको कुरा अवगत भएको भन्दै उनले समस्या सामाधानका लागि विशेष पहल गरिने बताए । यो आर्थिक वर्ष भित्रै कौसाडी वस्तीमा खानेपानी पुग्ने जनप्रतिनिधिहरुको भनाई छ ।




